काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
बुधवार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाण पत्र दिएपछि नेता नेपालले पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्।
आज दिउँसो २ बजे केन्द्रीय नेताहरुको उपस्थितिमा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेट काठमाडौँमा राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन आयोजना गरिएको हो।