• बैशाख २७ २०८३, आईतवार

एमाले नेता भीम आचार्यका भाइ घरमै मृत भेटिए

भाद्र १० २०७८, बिहीबार

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले सचिव भीम आचार्यका भाई रामप्रसाद आचार्य मृत भेटिएका छन् । सुनसरी प्रहरीका अनुसार उनी आफ्नै निवासमा मृत भेटिएका हुन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली इनरुव नगरपालिका ३ स्थित आचार्य निवासमा पुगेको थियो । सो क्रममा ५९ वर्षीय रामप्रसाद मृत भेटिएको प्रहरीको भनाइ छ ।
उनी मृत भेटिएको कोठा भित्रबाटै चुकुल लगाइएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ।