• फाल्गुन २८ २०८२, बिहीबार

शेरधन राईले दिए संसदीय दलको नेताबाट राजीनामा

भाद्र १० २०७८, बिहीबार

काठमाडौँ। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले राजीनामा दिएका हुन् ।

पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा आएका राईले बिहीबार विराटनगर पुगेर संसदीय दलको नेताबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

यस्तै एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको छ। आचार्य दलको नेताभएसँगै मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।