• फाल्गुन २८ २०८२, बिहीबार

अन्ततः निर्वाचन आयोगमा दर्ता भयो महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी

भाद्र ९ २०७८, बुधबार

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

पुगेर १४ जना सांसदले आज बुधबार आयोगमा नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो ।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।