काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबारे चासो लिएका छन् । उनले यो विमानस्थलमा भइरहेको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् ।
गृहमन्त्री खाँणले गृह मन्त्रालयमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर कहिलेसम्म उद्घाटन गर्न सकिन्छ भनेर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिएका हुन् ।
उनले विमानस्थलमा कति काम भयो र कति काम गर्न बाँकी छ र कहिलेसम्म उद्घाटन गर्न सकिन्छ भन्नेबारे सचिव र महानिर्देशक समक्ष जिज्ञासा राखेका थिए ।
जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले ‘क्यालिब्रेसन फ्लाइट’का लागि भारतलाई आग्रह गरिएको भन्दै भारतीय टोली आएर ‘क्यालिब्रेसन फ्लाइट’को काम पूरा गरेपछि तीन महिनाभित्र उद्घाटन गर्न सकिने बताएका थिए ।