• बैशाख २७ २०८३, आईतवार

स्रोत नखुलेको साढे ८५ लाख नगदसहित काठमाडौंबाट ३ जना पक्राउ

भाद्र ९ २०७८, बुधबार

काठमाडौँ। स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित काठमाडौँबाट तीनजना पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार दिउँसो काठमाडौंको चण्डोलबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा चण्डोल बस्ने बाराको सिमरा उपमहानगरपालिका-२ का ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका-२४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक रिन्कु भन्ने अभिशेक अग्रवाल र सोही लिमिटेडमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रेपलाञ्चोको पाँचखाल नगरपालिका-१३ का ३६ वर्षीय मधुसूदन त्रिपाठी रहेका छन्।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पौडेललाई काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट ३१ लाख रुपैयाँसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त नगद पौडेललाई अग्रवालले दिएको खुलेको हो। त्यसपछि अग्रवालको लिमिटेडमा खानतलासी गर्दा थप ५४ लाख ५६ हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

उनीहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुलचोक पठाइएको वृत्तले जनाएको छ।