काठमाडौँ। । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा धेरै फरक रहेको बताएका छन् ।बुधबार च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका छन् ।
“मेरो नेतृत्वको सरकारले राति संसद् अन्त्य गरेर बिहान अध्यादेश ल्याएको थिएन,” उनले भने, “अध्यादेश ल्याउन विधि चाहिन्छ । उस्तै मनसाय पनि होइन । त्यसबेला कुनै पार्टी विशेष फुटाउन ल्याइएको थिएन । अहिले माधव नेपालसँग जति सांसद छन् त्यति भए पुग्ने भनेर कानुनमा व्यवस्था गरेको भए हुन्थ्यो नि ।”
सरकारले राजनीतिक पार्टीभित्र बदनियत साथ हात हालेर प्रतिपक्ष पार्टी फुटाउने अनैतिक काम गरिरहेको उनको भनाइ थियो।
यस्तै उनले पुस ५ देखि अहिलेसम्म संसद्ले के गरेको छ भन्दै प्रश्न गरे।