• फाल्गुन २८ २०८२, बिहीबार

कारवाही गरिएका चौध सांसदको सूची टाँसको माग गर्दै एमाले सांसदहरु सभामुखको सचिवालयमा

भाद्र ९ २०७८, बुधबार

काठमाडौँ।१४ जना सांसदलाई कारवाही गरिएको सूचना टाँसको माग गर्न नेकपा (एमाले) का सांसदहरु आज पनि सभामुख अग्नीप्रसाद सापकोटासँग छलफल गर्न सिंहदरवार पुगेका छन् । सिंहदरवारस्थित सभामुखको सचिवालयमा एमाले सांसदहरु पुगे पनि सभामुख सापकोटा भने कार्यकक्षमा उपस्थित छैनन्
करिब १६ जना सांसदहरु सिंहदरवारस्थित सभामुख सापकोटाको सचिवालय पुगेर ११ बजेदेखि सभामुखको प्रतीक्षा गरिरहेको सचेतक शान्ता चौधरीले जानकारी दिइन्।

पार्टीले कारवाही गरेको नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई कारवाही गरिएको सूचना टाँसको माग गर्दै एमाले सांसदहरु केही दिनदेखि सभामुख सापकोटालाई दवाव दिंदैआएका छन् ।

नेता नेपालको दल दर्ताअघि एमालेले कारवाही गरेको १४ सांसदलाई कारवाही गरिएको सूचना टाँसका लागि एमालेले सभामुखसँग आग्रह गर्दैआएको छ। तर , सभामुख सापकोटाले ऐन कानुनको अध्ययन तथा परामर्शमा रहेकाे बताएका छन् ।

अहिले सभामुख सापकोटा दाँतको शल्यक्रिया गरी घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।