काठमाडौँ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन्। पार्टी पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बिहान छलफलमा जुटेका हुन् ।
महाधिवेशन केन्द्रित छलफलमा नेताहरू जुटेको जनाइएको छ।
यस्तै, भदौ १८ बाट सुरु हुने वडा अधिवेशन, क्रियाशील सदस्यता र जिल्ला सभापतिहरूले सुरु गरेको धर्नाका विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।
बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरुको सहभागिता रहेको छ।