काठमाडौँ। । पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी दिएका हुन् । उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए ।
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए।
उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण पनि गराएका थिए ।