काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । अहिले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ ।
बैठकमा माधवकुमार नेपालले नयाँ दल दर्ता गर्दा साथ नदिएका एमालेका १० स्थायी समिति सदस्यहरु पनि उपस्थित रहेका छन् ।
तर, एमाले उपाध्यक्ष वामदेव गौतम भने अनुपस्थित रहेका छन् ।
आजको बैठकले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार गर्ने भनिएको छ ।