काठमाडौँ। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्को नियुक्तिसम्बन्धी सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सक्कल मिसिल झिकाउन आदेश दिएको हो ।
सरकारले प्राधिकारणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा लैजाने गरी घिसिङलाई दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । घिसिङको नियुक्ति बदर गर्दै प्राधिकरणमा आफैँलाई पुनर्वहाली गर्न भन्दै शाक्यले रिट दायर गरेका थिए ।
