• बैशाख २७ २०८३, आईतवार

कुलमान नियुक्ति विरुद्धको रिट प्रधानन्यायाधीश राणाको इजलासमा

भाद्र ८ २०७८, मंगलवार

काठमाडौँ। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय विरुद्धको रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा हुने भएको छ।

यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

गत साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त गर्ने र शाक्यलाई उर्जा आयोगमा विज्ञका रुपमा नियुक्ति दिने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदवहाली गरेका थिए।