• फाल्गुन २८ २०८२, बिहीबार

एमाले स्थायी कमिटी बैठक सर्‍यो

भाद्र ८ २०७८, मंगलवार

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक सरेको छ ।आज बिहान ११ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक सारिनुको कारण भने खुलाइएको छैन ।

दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्नेछ ।

आजको बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।