• बैशाख २७ २०८३, आईतवार

नारायणी नदीमा हामफालेर एक बेपत्ता, घटनास्थलमा दाङका गुप्ताको नागरिकता भेटियो

भाद्र ८ २०७८, मंगलवार

नारायणगढ । आज बिहान करिब ७ बजे नारायणी नदीको पुलबाट नदीमा हामफालेर एकजना बेपत्ता भएका छन् ।

पुलमा भेटिएको झोलाभित्र रहेको नागरिताको आधारमा प्रहरीले हामफाल्ने व्यक्ति दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता हुन सक्ने अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले नारायणी नदीमा कुनै व्यक्तिले हामफालेको खबर आउना साथ प्रहरी टोलीले खोजतलास गरिरहेको जानकारी दिए ।

“पुलमाथि एउटा झोलाभित्र नागरिकताको फोटोकपी गुप्ताको थियो,” उनले भने, “तर, हामफाल्ने व्यक्ति उनी नै हुन् या होइनन् भन्ने यकिन गर्नचाहिँ मिल्दैन ।”