• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेस पौडेल समूहको बैठक : देउवाविरुद्ध साझा उम्मेदवार उठाउने निर्णय

भाद्र ७ २०७८, सोमबार

काठमाडौँ। नेपाली काँग्रेसको संस्थापन इतर पक्षले सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको छलफलमा साझा उम्मेदवार उठाउने सहमति भएको हो ।

‘हाम्रो समूहबाट साझा उम्मेदवार बनाउन सके हामीले महाधिवेशन जित्छौं र जित्नु पर्छ भनेर साझा उम्मेदवार उठाउने निर्णय भएको छ।’ सहभागि एक नेताले भने, ‘अब अर्को चरण बैठक बसेपछि कसलाई उठाउने भन्ने विषयमा विमर्श गरेर यसबारे ठोस टुङ्गो लाग्छ ।’

आजको बैठकमा क्रियाशील सदस्यता विवाद, सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल भएको बताइएको छ।

बैठकमा सभापतिको आकाङ्क्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थित थिए ।