• फाल्गुन २८ २०८२, बिहीबार

माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू ओलीसँग वार्ता गर्न बालकोटमा

भाद्र ७ २०७८, सोमबार

काठमाडौँ। नेकपा एमाले विभाजन भइसकेको अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका नेताहरू अध्यक्ष केपी ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्। नेता नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्दा असहयोग गरेका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू सोमबार बिहान बालकोट पुगेका हुन् ।

पार्टी एकताका लागि १० बुँदे सहमति कार्यान्वयन विषयमा छलफल गर्न नेताहरु बालकोट पुगेको जनाइएको छ।

ओलीले विवाद समाधान कार्यदलले तय गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने, १४ सांसदको कारबाही तत्काल फिर्ता हुनुपर्ने र नेता नेपालले दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिनुपर्ने नेताहरूको अडान छ।

ओलीले सहमति कार्यान्वयन नगरे ठूलो विद्रोह हुने नेताहरुले चेतावनी दिएका छन्। नेता नेपालको पार्टीको आधिकारिकता दिनको लागि बुधबार निर्वाचन आयोगले सनाखतको लागि बोलाएका छ। तर, नेता नेपाल पक्ष छाडेको नेताहरुको प्रस्तावमा ओली अनिच्छुक देखिएका छन्।