• मंसिर १२ २०८१, बुधबार

व्यापारी र सर्वसाधारणमाथि काठमाडौं प्रशासनको अनुगमन,स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न सचेत

भाद्र ६ २०७८, आईतवार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं व्यापारीलाई पुनः सचेत गरेको छ।

कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना भएनभएको अनुगमन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, वसन्तपुर, सुनधारालगायत बजार क्षेत्रका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीलाई सचेत गराएको हो।

त्यस क्रममा मास्कसमेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एक सय रुपैयाँका दरले जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आफ्ना पसलमा आउने ग्राहकका लागि अनिवार्य मास्क र स्यानिटाइजरको व्यवस्था गर्न पनि व्यापारीलाई निर्देशन दिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट नागरिकलाई बचाउनका स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए–नभएको अनुगमन गर्न प्रत्येक दिन बिराएर सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजारको अनुगमन गर्दै आएको छ ।