• फाल्गुन २८ २०८२, बिहीबार

माधव नेपालको नेकपा एकीकृत समाजवादी सरकारमा जाने,७ वटा मन्त्रालय पाउने सम्भावना

भाद्र ६ २०७८, आईतवार

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने भएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले ७ वटा सम्म मन्त्रालय पाउने बुझिएको छ । देउवा सरकार ७ वटा मन्त्रालय एकीकृत समाजवादीलाई दिन तयार भएको स्रोतले जनाएको छ ।

बामदेव गौतमको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा जाने तयारी गरेसंगै उनले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय पाउने चर्चा छ ।