• फाल्गुन २८ २०८२, बिहीबार

कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यतासम्बन्धी विवाद, आज सभापति देउवालाई प्रतिवेदन बुझाइने

भाद्र ६ २०७८, आईतवार

काठमाडौँ। नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगिएको छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधानतर्फ पुर्‍याएका छन्। कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउने जिम्मेवारी सिटौला, रिजाल र लेखकलाई दिएको थियो।

अजै अपरान्ह पाँच बजे बालुवाटारमा सभापति देउवालाई प्रतिवेदन बुझाउने समिति सदस्यहरुले जानकारी दिएका छन् । समितिका सदस्यहरुले सदस्यतासम्बन्धी विवादमा सहमति जुटेको दाबी समेत गरेका छन् ।

कांग्रेसले यसअगाडि लेखककै नेतृत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति बनाएर छानविन गरिएको थियो । क्रियाशील विवादकै कारण भदौमा हुनुपर्ने कांग्रेस महाधिवेशन मंसिरमा पुगेको छ । त्यसका लागि भदौ १८ मा वडा अधिवेशन हुनेछ ।