• फाल्गुन २८ २०८२, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, यस्तो छ कार्यसूची

भाद्र ५ २०७८, शनिबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा केहीबेर अघिबाट बैठक शुरु भएको हो।

आजको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल गर्ने कार्यसूची रहेको ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
यसअघिको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुमोदन गर्ने र पार्टीमा थप २२ जना केन्द्रीय सदस्य थप गर्ने विषयमा पनि छलफल हुने बताइएको छ। माओवादी केन्द्रले केन्द्रीय कार्य समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु नेकपा (एमाले) मा प्रवेश गर्दा सो ठाउँमा नयाँ सदस्य थप गर्न बाँकी छ । सोहीअनुसार प्रदेश समितिमा पनि केही पदाधिकारी थप गर्न बाँकी रहेकाले त्यसबारेमा पनि आज छलफल हुने कार्यसूची रहेको छ।