• फाल्गुन २८ २०८२, बिहीबार

राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’ संयोजकबाट अलगिएको कमल थापाको घोषणा

भाद्र ५ २०७८, शनिबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकबाट अलगिएको घोषणा गरेका छन् ।

उनले शनिबार बिहान ट्वीट गर्दै जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु।’

साथै उनले उक्त जिम्मेवारी पार्टीका अन्य अध्यक्ष पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनी मध्ये कसैले लिन आग्रह गर्नु भएको छ ।

यदी उहाँहरुले पनि समितिको जिम्मेवारी नलिए पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई दिन आग्रह गरेका छन् ।