• बैशाख २७ २०८३, आईतवार

कोरोनाका कारण हाँस्यकलाकार बखतेको निधन

भाद्र ५ २०७८, शनिबार

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोनाका कारण निधन भएको छ ।

कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको जीवन थापाले जानकारी दिए । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो ।

६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए ।

केही ठूला पर्दाका चलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छोरो र एक छोरी छन् ।