• फाल्गुन २८ २०८२, बिहीबार

महन्थ ठाकुरको लोसपा पनि सरकारमा जाने

भाद्र ५ २०७८, शनिबार

काठमाडौं । निर्वाचन आयोगमा पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् ।

आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए ।

माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ,’ भण्डारीले भने, ‘यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।