• मंसिर १२ २०८१, बुधबार

पछिल्लो २४ घण्टामा थप ३,०४२ जनामा कोरोना सङ्क्रमण, २६ को मृत्यु

भाद्र ४ २०७८, शुक्रबार

काठमाडौँ। देशभर थप तीन हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमूनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी जम्मा ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन् ।