• फाल्गुन २८ २०८२, बिहीबार

नेपाल समूहको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’

भाद्र ४ २०७८, शुक्रबार

काठमाडौँ। । नयाँ दल दर्ताका लागि प्रस्ताव गरिएको माधवकुमार नेपाल समूहको पार्टीको नाम परिवर्तन गरिने भएको छ ।

सर्वोच्चको फैसला अनुसार कुनै पार्टी दर्ता गर्दा अर्को पार्टीको नामसँग मिल्न नहुने कानुनी व्याख्या अनुसार नाम परिवर्तन गरिने भएको हो ।

नेपाल समूहको प्रस्तावित पार्टीको नाममा एमाले समावजवादी थियो । जहाँ एमाले शब्द मूल पार्टीसँग मिलेपछि निर्वाचन आयोगले अर्कै नाम ल्याउन भन्दै उक्त पार्टी दर्ता गर्न अस्वीकार गरेको थियो ।

माधवकुमार नेपाल पक्षका नेताहरुका अनुसार नयाँ पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राखिएको छ । त्यस्तैगरी पार्टीको चिन्हसमेत परिवर्तन गर्ने सम्बन्धमा छलफल भइरहेको नेताहरुको भनाइ छ ।