• फाल्गुन २८ २०८२, बिहीबार

ओलीलाई सुधार्न सकिँदैन,हराएपछिमात्रै सुधार्न सकिन्छ : वामदेव गौतम

भाद्र ३ २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्न नसकिने बताएका छन् ।

गौतमले आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको छलफलपछि ओली नेतृत्वको एमालेमा गएर केही गर्न नसकिने बताउदै नेकपा एमाले (समाजवादी) माधव नेपालको पार्टीमा जाने घोषणा गरेका छन् ।

उनले भने, ‘केपी ओलीलाई पराजित गरेपछि मात्र सुधार्न सकिन्छ ।’ ओली नेतृत्वको एमालेमा गएर केही गर्न नसकिने बताए । उनले भने, ‘अब हामीले विद्रोह गर्ने हो ।’ अर्को पक्षमा लागेर पार्टी एकताका लागि प्रत्यत्न गर्ने हो ।

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको जिम्मेवारी दिन भन्दा नदिएको गुनासो गरे । उनले भने, ‘केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन । माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ त्यसैले उहाँतिर जान्छु ।’

गौतमले एकता अभियानका सदस्यहरुसँगको भर्चुअल बैठकमा भने, माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ ।