काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी, गाइजात्रा भीडभाड नहुने गरी परम्परागत तरिकाले सांकेतिक रुपमा मनाउन अनुरोध गरेको छ ।
बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक रूपमा मात्रै मनाउन आग्रह गरेका हुन्।
‘हाल कोरोना संक्रमण तथा जोखिमदर उच्च रहेकोले यस अवधिमा पर्न जाने जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा परम्परागत तरिकाले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक रूपमा मात्रै पर्व मनाउनु हुन तथा भीडभाड जन्य गतिविधि नगर्न /नगराउन हुन सर्वसाधारण सबैमा अनुरोध गर्दछौँ ‘ पराजुली द्वारा जारी सूचनामा भनिएको छ।
भद्र ८ गतेसम्म निषेधाज्ञा कायमै रहेको भन्दै प्रशासनले चाडपर्व मनाउँदा भीडभाडजन्य गतिविधि नगर्न अनुरोध गरेको छ।