• बैशाख २७ २०८३, आईतवार

अपार्टमेन्ट भाडामा लिएर ललितपुरमा यौन व्यवसाय सञ्चालन , ७ जना पक्राउ

भाद्र ३ २०७८, बिहीबार

काठमाडौँ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटस्थित अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा दमक नगरपालिका-७ का ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका-६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका-८ की २३ वर्षीया ललिता विक, काठमाडौं बूढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट छन्।

यस्तै, ललितपुर महानगरपालिका-८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ सानो पोखराकी ४२ वर्षीया गीता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ बाह्रबिसेकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतीक कर्माचार्य पनि पक्राउ परेका छन् ।

उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचानका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।