• फाल्गुन २८ २०८२, बिहीबार

माधव नेपालको पार्टीले मान्यता पाएकै दिन मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

भाद्र ३ २०७८, बिहीबार

काठमाडौँ। नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा हुनासाथ सरकारले पूर्णता पाउने बताएका छन्।

समाजवादी केन्द्रले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान पनि प्रधानमन्त्री, माधव नेपाल र म बसेको थियौँ। नयाँ पार्टी दर्ता सनाखत हुनासाथ मन्त्रीपरिषद्ले पूर्णता पाउँछ।’

गत बैशाख ८ गते ओलीले ल्याएको अध्यादेश लोकतन्त्र र संविधानविरोधी भएको आरोप लगाउँदै दाहालले अहिले सरकारले ल्याएको अध्यादेशको भने बचाउ गरे।

प्रचण्डले भने, ‘ओलीको अध्यादेशको लोकतन्त्र र संविधान सिध्याउनका लागि थियो भने अहिले ल्याएको अध्यादेशले लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलन रक्षा गरेको छ।’