• मंसिर १२ २०८१, बुधबार

पछिल्लो २४ घण्टामा थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ को मृत्यु

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। देशभर थप ३,४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८३९ जनाको पीसीआर परीक्षण गर्दा २,६१३ र ४,९९९ जनामा एन्टिजेन परीक्षणम गर्दा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।