• फाल्गुन २८ २०८२, बिहीबार

एमाले विभाजित : माधव समूहले गरे नेकपा एमाले समाजवादी दल दर्ता

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। नेकपा (एमाले) औपचारिक रुपमा विभाजित भएको छ। । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराएसँगै एमाले विभाजनले औपचारिकता पाएको हो।

नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेको र निर्वाचन आयोगबाट स्वीकृती कुरिरहेका स्रोतले जनाएको छ।

नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको छ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो ।