• फाल्गुन २८ २०८२, बिहीबार

महन्थ ठाकुरको पार्टीको नाम ‘जसपा लोकतान्त्रिक’, चुनाव चिह्न ‘साइकल’

भाद्र २ २०७८, बुधबार

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम जसपा लोकतान्त्रिक राख्ने भएको छ। उक्त समूहकाे केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो।

महन्थ ठाकुको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न साइकल प्रस्ताव गरिएको एक नेताले जानकारी दिए ।

निर्वाचन आयोगमा जानका लागि तयारी गरिरहेको भन्दै तयारी पूरा भए आजै निवेदन दर्ता गर्ने तयारी रहेको बताइएको छ।

मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेसँगै ठाकुर समूह नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोग जाने तयारीमा जुटेको हो ।

जसपामा नेपालमा हाल रहेका ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ठाकुर पक्षमा २३ सदस्यहरू रहेका छन् । त्यस्तै, पार्टीका ३७ सांसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) हरू मध्ये ठाकुर पक्षमा १४ जना सांसदहरू रहेका छन् । नयाँ अध्यादेशअनुसार यति सङ्ख्या पार्टी विभाजनका लागि पर्याप्त रहेको छ ।