काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमन अहिलेलाई परास्त भएको भएपनि अन्तिम विजयी नभएको बताएका छन् ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘प्रतिगमन अहिलेलाई परास्त भएको छ। संविधान लोकतन्त्र र राष्ट्रियताको रक्षागर्ने समाजवाद तिरको यात्रालाई निरन्तर अघि बढाउने प्रवृति अहिले फेरि विजयी भएको छ, तर यो अन्तिम विजय होइन ।’
यो लडाइँ लामो रहेको र लडाइँको निम्ति आफूलाई तयार गर्न जरुरी रहेको उनको भनाई छ ।