• मंसिर १२ २०८१, बुधबार

निकै स्वास्थ्यवर्धक हुन्छ गोलभेडाको जुस, सधैं पिउने गरौं

भाद्र १ २०७८, मंगलवार

गोलभेडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ ।

गोलभेडाले मानिसको छालालाई चम्किलो बनाउँछ । गोलभेडाको प्रयोग कोलेस्ट्रोल कन्ट्रोलका लागि पनि महत्वपूर्ण मानिन्छ । अचार तथा तरकारीमा प्रयोग गरिने गोलभेडाको जुस बनाएर खाँदा पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । गोलभेडाको जुसले तपाईको हराएको शरीरको ऊर्जालाई ल्याउछ ।

शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेडाको जुस पिउनु नै हो ।

तपाईंले व्यायाम गरेपछि गोलभेंडाको जुस पिउनुभएमा थकान हट्छ र ऊर्जावान् अनुभव गर्नुहुन्छ । गोलभेडाले स्वास्थ्यमा अन्य पनि धेरै फाइदा गर्छ ।