काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकेर उनी शीतल निवास पुगेका हुन् ।
मंगलबार (आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।