• मंसिर १२ २०८१, बुधबार

कोरोनाबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनुपर्ने आवश्यकता

श्रावण ३२ २०७८, सोमबार

भक्तपुर । राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ । आज भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट  ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ  मास्क लगाऔँ अभियान  शुभारम्भ गरिएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयवासीलाई मास्क वितरण गर्दै अभियानको शुरुवात गरेका हुन् ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भए पनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिड्ने गरेकाले प्रभावकारी नभएको बताए । उनले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याए ।