• बैशाख २७ २०८३, आईतवार

अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काएर घरसम्म पुर्‍याउने गरी कार्ययोजना बनाउन गृहमन्त्रीको निर्देशन

श्रावण ३२ २०७८, सोमबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काएर घरसम्म पुर्‍याउने गरी कार्ययोजना बनाउन सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन् ।

अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने कार्ययोजना बनाउँदा उपयुक्त हुने धारणा व्यक्त गर्दै गृहमन्त्री खाँडले भने, “नेपाल फर्काएपछि उनीहरुलाई कोभिड– १९ महामारीको सन्दर्भमा पिसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनलगायत व्यवस्था गरी उनीहरुलाई घरसम्म पु¥याउने गरी कार्ययोजना बनाउनुपर्छ ।’’

मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदै सबै निकायबीच समन्वय र सूचना आदानप्रदान गर्न पनि निर्देशन दिए ।