• बैशाख २७ २०८३, आईतवार

निवर्तमान प्रमुख शाक्यद्वारा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दाएर

श्रावण ३२ २०७८, सोमबार

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकमै पुनर्बहालीको माग गर्दै प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।

‘रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत अधिकार हनन भएको’ दावी गरेको उलेख गरिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

सरकारले कुलमानलाई दोस्रो पटकका लागि विद्युत प्राधिकरणको नियुक्त गरेको थियो । भने शाक्यलाई उर्जा मन्त्रालय अन्तर्गतको उर्जा विभागमा सहसचिव सरहको सुविधा दिएर सरुवा गरिएको हो ।