काठमाडौँ। पूर्वमन्त्री तथा नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै बास्कोटाले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तानको घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे।
“ नेपाल सार्क राष्ट्रको अध्यक्ष । यस देशको प्रधानमन्त्री । कम्फर्टेबल सरकार । जनकवी केसरीले भनेजस्तो दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन सभामुख महोदय थाहा पाएन,” उनले भने ।
बास्कोटाले त्यहाँ रहेका नेपालीको फिर्ताको व्यवस्था गर्न माग गर्दै घटनाबारे सरकारको दृष्टिकोण स्पष्ट पार्न माग गरे ।
‘अफगानिस्तानको घटना क्रान्ति हो कि प्रतिक्रान्ति हो कि के हो ?’ उनले भने, ‘हाम्रो कुनै दृष्टिकोण छैन ?’ सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् ।’