• बैशाख २७ २०८३, आईतवार

पाल्पामा जीप दुर्घटना : ११ जना घाइते, चारको अवस्था गम्भीर

श्रावण ३२ २०७८, सोमबार

पाल्पा। पाल्पामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट तानसेन कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर गाडी सालघारीमा सोमबार बिहान पौने १० बजे दुर्घटना भएको हो।

घाइते हुनेमा तानसेन नगरपालिका–७ कुन्सरेका २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँका २८ वर्षीय बिक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवल, ३२ वर्षीय हुमबहादुर सारु, ३३ वर्षीय बिक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्ली, ३० वर्षीय सोमबहादुर न्यौपाने, २८ वर्षीय योगेश सारु, ३३ वर्षीय पवनकुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे, र चालक तानसेन नगरपालिका–६ का ३३ वर्षीय सोम राना रहेका छन् ।

त्यस्तै घाइते मध्ये नरबहादुर कुमाल, बिक्रम गैरे, प्रेमबहादुर बाकवल, हुमबहादुर सारुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइते सबैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।