• फाल्गुन २७ २०८२, बुधबार

नेपालको हित विरोधी एमसीसी खारेज हुनुपर्छ : जनमुक्ति पार्टी

श्रावण ३१ २०७८, आईतवार

नवलपरासी । राष्ट्रिय जनमुक्ति पार्टीले एमसीसी परियोजनाको विरोधमा नवलपरासीमा जनप्रदर्शन गरेको छ ।
सो पार्टीको नवलपरासी जिल्ला कार्यसमितिको आयोजना खबरदारी सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव टोप अस्लामीले एमसीसी परियोजना नेपालको हित विपरीत रहेको भन्दै खारेजी हुनुपर्ने बताए ।
मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनिकरण गर्न सकेमा देशको विकासका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था नआउने भन्दै अस्लामीले एमसीसी परियोजना खारेज गरेर भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै उनले एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्रिय जनमुक्ति पार्टी नवलपरासीका अध्यक्ष धनबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य गीता सारु, लुम्बिनी प्रदेश अध्यक्ष झम गुरुङ्ग, राष्ट्रिय मुश्लिम परिषदका महासचिव मोजिब अली, लुम्बिनी प्रदेश सदस्य तारा राना लगायतले एमसीसी कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै त्यसको विरोधमा पार्टीले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

यसअघि बर्दघाटको त्रिवेणी चोकबाट शुरु भएको विरोध र्याली नगर परिक्रमा गरी बर्दघाट चोकमा गई खबरदारी सभामा परिणत भएको थियो ।