काठमाडौं । सर्वोच्च अदालतले माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा २१ दिनभित्र पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
‘यो आदेश प्राप्त भएको मितिले २१ औं दिनबाट प्लास्टिकका झोला (४० माइक्रोनभन्दा पातलो) को उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी आज २०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने ।’न्यायाधीश कुमार चुडालको एकल इजलासले यो आदेश जारी गरेको हो ।
अदालतले मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महीनामा रिपोर्ट पेश गर्न समेत आग्रह गरेको छ ।