काठमाडौं । नेकपा माओवादी केन्द्रले आज नै केन्द्रीय समितिको बैठक सक्ने तयारी गरेको छ ।आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले सकभर आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने समझदारी गरेको हो।
आजको बैठकमा केन्द्रीय समितिका समूहगत छलफलको सुझाव प्रस्तुत हुने, प्रतिवेदन पारित हुने र प्रचण्डको सम्बोधन पछि आवश्यक निर्णय गरेर बैठक सम्पन्न गर्ने तयारी भएको जनाइएको छ।
शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रतिवेदन र विधान तथा संगठन कार्यदलले पेस गरेका दुई प्रतिवेदनमाथि छलफलका लागि ८ वटा समूह विभाजन गरिएको थियो ।
केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले पुस ११ गतेदेखि १३ राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।