मुक्ति गैरे ।
भक्तपुर । अखिल क्रान्तिकारीको सिटीइभिटी उपत्यका जिल्ला समितिको वार्षिक प्रकाशनको पहिलो अंक सार्वजनिक भएको छ । शहिद प्रज्वल शाहीको सम्झना तथा सम्मानमा समर्पण ‘प्रज्वल’ नामक पुस्तकमा उनको जीवनी र संगठनको सातौँ जिल्ला सम्मेलनमा प्रस्तुत राजनैतिक प्रतिवेदन, विभिन्न गतिविधिहरुको फोटोहरु महत्वपूर्ण लेख रचना आदि समावेश गरिएको छ ।
काठमाण्डौँमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता, अखिल क्रान्तिकारी सिटीइभिटी उपत्यका जिल्ला समितिका अध्यक्षता डिबी चन्दले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सन्तोष बुढामगरले हालको आयातित शिक्षा पद्धतिद्वारा नेपालको कुनैपनि समस्याको हल नहुने बताए ।
उनले शिक्षा मानिसको जीवन बन्नुपर्ने भन्दै आफ्नो राज्यसत्ता आएपछि सबैखाले विभेदहरुको अन्त्य गरिने बताए । कार्यक्रममा संगठनका महासचिव प्रकाश शाहीले वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संगठनले आन्दोलनको आँधिबेहेरीको सिर्जना गर्ने र त्यसको सम्पूर्ण नेतृत्व पार्टीले नै गर्नुपर्ने बताए ।
२१औँ सताव्दीका युवा विद्यार्थीले समाजवादी शिक्षाकालागि खोज र अनुसन्धान सँगै जीवन उपयोगी शिक्षाको विकास गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा संगठनका सचिवालय सदस्य मिलन राई, मुकुन्द श्रेष्ठ र केन्द्रिय सदस्य मदन चन्दले बधाई मन्तब्य राखेका थिए ।