काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान पारस खडकालाई आगामी यात्राका लागि शुभकामना दिएका छन् । दुई दशकसम्म नेपाली क्रिकेटको विकासमा पूर्व कप्तान खडकाले गरेको योगदानप्रति धन्यवाद दिदै प्रधानमन्त्री देउवाले आगामी यात्राका लागि शुभकामना दिएका हुन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
पारससँगको भेटपछि प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन् “दुई दशकमा नेपली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन ठूलो सपना देख्न प्रेरित गरेकोमा धन्यवाद ।”‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहनेछ ’
क्रिकेटर पारस खड्काले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकामा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् ।