काठमाडौं । नेकपा माओवादी केन्द्रमा आगामी पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस भएको छ ।
शनिबारदेखि काठमाडौंको बत्तिसपुतलीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन पेस गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका हुन् ।
भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।
यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको बताइएको छ।