• फाल्गुन २८ २०८२, बिहीबार

पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध निरन्तर जुधिन्छ : माधव नेपाल

श्रावण ३० २०७८, शनिबार

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर जुधिने बताएका छन्। शनिबार राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलन : अवसर र अवसरवाद’ नाममा आयोजित कार्यक्रममा बोल्दै कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु रहेको बताए ।

उनले भने ‘चुनौतीबिनाको कुनै पनि पार्टी छैन। तर नेपाल कम्युनिस्ट आन्दोलनको सामु निकै ठूलो सम्भावना छ। जनविश्वास अलिकति खस्किएको भएता पनि फेरि पनि मैदान खालि नै छ। त्यसैले समयमै हाम्रो आँखा खुल्नुपर्दछ’,

उनले नेकपा एमालेलाई अवसर प्राप्त भएको भए पनि गुमाएको बताए। ‘के भयो मंगले, आफ्नै ढंगले भनेजस्तै भयो। अहंकार हाबी भयो। व्यक्तिवाद हाबी भयो। स्वार्थ हाबी भयो। धेरै खालका विकृति र विसंगति देखा परे। नीतिगत र कार्यशैलीमा देखा परे। व्यवहार र आचरणको तहमा देखा परे। यी सबै चिज नै समस्याको जड हो। यो समस्यासँग जुध्ने कि त्यसैको मुनि छिर्ने? प्रश्न त्यहाँ छ’, उनले भने।

खराब प्रवृत्तिलाई सहयोग पुग्ने काम नगर्ने बरु त्यसका विरुद्धमा जुध्ने नेता नेपालको भनाइ थियो।