• फाल्गुन २८ २०८२, बिहीबार

माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक सुरु

श्रावण ३० २०७८, शनिबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक सुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केहिबेर अघि बैठक सुरु भएको हो ।
बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको थियो । तर, एक घण्टा ढिलो गरी बैठक सुरु भएको हो । बैठक अघि केन्द्रीय सदस्यहरुको एन्टिजेन परिक्षण गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची  रहेको छ ।