नारायणगढ । चितवनको भरतपुर विमानस्थलको भीआईपी कक्षमा आगलागी भएको छ । आगलागी हुँदा सवा एक घण्टा उडान तथा अवतरण सेवा अवरुद्ध भएको थियो ।
आज विहान पौने ७ बजे आगलागी भएको हो । आगलागी भएको थाहा पाएको १० मिनेटभित्र नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ । विद्युत चुहावट भएर आगलागी भएको प्रहरी नायव निरीक्षक लालबहादुर घलानले जानकारी दिए ।
आगलागीबाट भीआईपी कक्षका सोफा, कार्पेट, टेबुल, एसी, पर्दा लगायत सामग्री जलेर नष्ट भएको घलानले जानकारी दिए ।